१२ कक्षाको परीक्षा स्थगित, वैशाख २१ गतेदेखि हुने

१२ कक्षाको परीक्षा स्थगित, वैशाख २१ गतेदेखि हुने


ग्लोब नेपाल
270
Shares

काठमाडौं । वैशाख ११ गतेबाट शुरु गर्ने भनिएको कक्षा १२ को परीक्षा अब वैशाख २१ गतेदेखि हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि हिजो मंगलाबर बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

बालुवाटारमा प्रधानमन्त्री ओलीसँग परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेले छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्री ओलीले हालको जटिल परिस्थिति ध्यानमा राखेर केही समयका लागि परीक्षा स्थगित गर्न निर्देशन दिएका थिए ।

यसअघि बोर्डले शिक्षक आन्दोलनका बाबजुद वैशाख ११ गतेदेखि परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । शिक्षकहरू कक्षाकोठामा नफर्किएको अवस्थामा निजामती कर्मचारी परिचालन गरेर परीक्षा सञ्चालन गर्ने विकल्पमा पनि सरकारको तयारी थियो ।

तर परिस्थितिले थप चुनौतीपूर्ण रुप लिँदै गएपछि अन्ततः पूर्वनिर्धाति परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरिएको बोर्डले जानकारी दिएको छ ।