राप्रपा महामन्त्री राणाविरुद्ध मनपरी लेख्ने परु को हुन् ?

राप्रपा महामन्त्री राणाविरुद्ध मनपरी लेख्ने परु को हुन् ?


ग्लोब नेपाल
1.3k
Shares

बर्दिया । राप्रपा नेतृत्वको संरक्षण पाएर पुल्पुलिएकी परु लम्सालले पार्टी हित र मर्यादा विपरीत निरन्तर बोल्ने लेख्ने गरेपनि उनलाई अनुशासनको कारवाही किन हुँदैन भनेर स्थानीय तहदेखि केन्द्रसम्म आवाज उठेको छ ।

राप्रपा क्षेत्रीय सदस्य लम्साल सांसद गीता बस्नेतकी स्वकीय सचिव हुन् । सांसद बस्नेत धेरै दिनदेखि संसद र पार्टीको कार्यक्रममा सक्रिय छैनन्, सहकारी मुद्दामा मुछिएपछि फरार छिन् । आफ्‌नो हाकिम फरार हुँदा स्वकीय सचिवले गर्नुपर्ने कुनै काम गर्नु परेको छैन, लम्सालले तैपनि तलब भत्ता सम्पूर्ण बुझेर अनैतिक कार्य प्रदर्शन गरीरहेकी छिन् ।

सांसद बस्नेतलाई जेल हाल्छु, जेल हाल्नुपर्छ भनेर बर्दियाका कार्यकर्ताहरु माझ चर्को आवाज उठाउँछिन् तर स्वकीय सचिवबाट राजीनामा दिँदैनन् लम्साल, तलब भत्ता सुविधा खान छाड्दैनन् । सेवा सुविधा मात्र हैन बस्नेतको अनुपस्थितिमा सांसद बजेट आफुखुशी चलखेल गरेको आरोप छ लम्साललाई ।

सधैं तनावमा हुने र सधैं नकारात्मक कुरा मात्र गर्ने भनेर छवी बनाएकी लम्सालले आफूले गरेको अनैतिक कार्य बारेमा कुनै प्रष्टीकरण दिन आँट गरेकी छैनन् । त्यसो भएपनि लम्सालले राप्रपाको नीति, निर्णय र हित विपरीत सामाजिक सञ्जालमा निरन्तर लेख्न नछाडेको बर्दियाका जिल्ला सदस्य बताउछन् ।

सामाजिक सञ्जालमा मनपरी लेखेकै कारण कारवाही भइसक्नु पर्ने हो, पार्टी केन्द्रले किन कारवाही गर्दैन अचम्मको विषय बनेको छ, ती जिल्ला सदस्यले भने ।

क्यान्सर सर्भाइभर सांसद डा. धवलशम्शेर राणा उपचारका लागि बुधबार बम्बइ जाने कार्यक्रम छ । सरकारले स्वाथ्य उपचारका लागि भनेर २४ दिनपछि राणालाई हाजिरी जमानीमा छाडेको छ ।

यस्तो अवस्थामा आफ्‌नै पार्टीका महामन्त्री क्यान्सर सर्भाइभर राणालाई हौसला दिनु त कहाँ हो कहाँ क्षेत्रीय सदस्य लम्सालले राणाविरुद्ध बिना आधारको चर्चा गर्दै तथानाम लेखेकी छिन् सामाजिक सञ्जालमा ।

राजसंस्था फर्काउने आन्दोलन परिचालन संयोजक राणालाई सामान्य मानवीय गुण भूलेर लम्सालले विषवमन गरेपछि पार्टीभित्र उनलाई सांसद बस्नेतकी स्वकिय सचिवबाट राजीनामा गर्न लगाएर अनुशासनको कारवाही हुनु पर्ने माग उठेको छ ।