सुनको मूल्यमा सामान्य वृद्धि

सुनको मूल्यमा सामान्य वृद्धि


ग्लोब नेपाल
81
Shares

काठमाडौं । कारोबार हुने साताको पार्चौ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन बुधबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो बुधबार तोलामा १ हजार ९ सय ६५ रुपैयाँमा किनबेच भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको हो।