काठमाडौं । नेपाल निर्माण व्यवसायी संघ प्यूठानको अध्यक्षमा नविनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । संघको छैठौं कार्यसमिति चयनका लागि भएको निर्वाचनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।
संघको प्रथम उपाध्यक्षमा शोभाराम न्यौपाने, द्वितीय उपाध्यक्षमा केशव खड्का, महासचिवमा आजुबाबु केसी, सचिवमा अर्जुनसिंह विक र कोषाध्यक्षमा माधवप्रसाद भण्डारी निर्वाचित भएका हुन् ।
यसैगरी कार्यसमितिको सदस्यमा कमल श्रेष्ठ, अर्जुन श्रेष्ठ, ध्रुवकुमार विष्ट, प्रविणचन्द्र प्रधान, राजेन्द्र श्रेष्ठ, इन्द्रबहादुर जिसी, निकोन शाही, त्रिभुवन सुवेदी र इन्द्रमणी खनाल निर्वाचित भएका छन् ।
प्रतिक्रिया