काठमाडौं । सडक दुर्घटनामा परी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह घाइते भएका छन् । भारतस्थित खिरी जिल्लाको खुटारमा सडक दुर्घटनामा परी शाहसहित परिवारका अन्य ५ जना घाइते भएका हुन् ।
नियमित उपचारका लागि परिवारका सदस्यसहित धनगढीबाट नयाँ दिल्ली जाने क्रममा शाह चढेको भारतीय नम्बर प्लेटको कारलाई आज बिहान बसले ठक्कर दिएको थियो ।
कारमा शाहसहित उनकी श्रीमती, छोरी, आमा, बहिनी र ज्वाइँ सवार थिए । शाहको टाउकोमा चोट लागेको छ भने उनकी पत्नीको हातमा चोट लागेको छ । घाइते सबै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया