सुन सिफारिसमा शुल्क नलिन राष्ट्र बैंककाे आग्रह

सुन सिफारिसमा शुल्क नलिन राष्ट्र बैंककाे आग्रह


ग्लोब नेपाल
1.3k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंक सुन सिफारिसमा शुल्क नलिन आग्रह गरेको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै सुन व्यवसाय सम्बन्धी संघ, महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क नलिन आग्रह गरेको छ ।

सुन आयात तथा बिक्री वितरण सम्बन्धमा ‘सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८’ रहेको छ ।

उक्त कार्यविधिको दफा १४ मा व्यवस्था भएबमोजिम सुन व्यवसाय सम्बन्धी संघ, महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था छ । सुन खरिदको लागि सिफारिस प्रदान गर्ने संघ, महासंघ र सिफारिस लिने व्यवसायीले उक्त व्यवस्थाको पालना गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।