आन्दोलनसँगै वार्तालाई पनि अगाडि बढाउने शिक्षक महासंघको निर्णय

आन्दोलनसँगै वार्तालाई पनि अगाडि बढाउने शिक्षक महासंघको निर्णय


ग्लोब नेपाल
2.9k
Shares

काठमाडौँ । मंगलबार बसेको महासंघको बैठकले आन्दोलनसँगै वार्तालाई पनि अगाडि बढाउने निर्णय गरेको छ । यसअघि आफुहरुलाई वार्ताभन्दा विद्यालय शिक्षा ऐन चाहिएको भन्दै वार्तामा बस्न अस्वीकार गर्दै आएका थिए ।

महासंघले अघि सारेको ९ बुँदे प्रस्तावको आधारमा सहमति भएको खण्डमा मात्रै आफुले मान्ने प्रष्ट पारेको छ । तर, सरकारले मध्यमार्गी बाटो खोज्दै सहमतिको बिन्दुमा गर्न अनुरोध गर्दै आएको छ । महासंघले भने विगतमा सरकारले गरेको सहमति अनुसार ९ बुँदे प्रस्ताव अघि सारिएको बताएको छ । त्यही अनुसार सहमति नभएको खण्डमा आफुहरु सहमति नगर्ने र आन्दोलन नरोकिने चेतावनी दिदै आएका छन् ।