काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको शीर्ष भूमिका रहेको यस चलचित्रमा यथार्थवादी सामाजिक कथालाई प्रश्तुत गरिएको छ । चलचित्रको छायाङ्कन पूर्वी नेपालको पाँचथर जिल्लामा गरिएको हो ।
चलचित्रको ट्रेलरले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे प्रकाश पार्छ । लेककी गुरुङसेनी युवती र औलको काफ्ले ब्राम्हण युवकबीचको ‘सरल र सहज’ प्रेम सम्बन्ध र त्यसबीचमा आउने जातीय अन्तर्विरोधको कथा यसमा छ ।
निर्देशक नवीन चौहानले निर्देशन गरेको यस चलचित्रमा विल्सनविक्रम राई, परीक्षा लिम्बु, सुनिल पोखरेल, एलेक्स पारस, प्रेम सुब्बा, माओत्से गुरुङ लगायतका कलाकार रहेका छन् ।
‘बैशाख २६ गते रिलिजको तयारीमा रहेको यस चलचित्र आर्टमाण्डुको ब्यानरमा निर्माण भएको हो ।
प्रतिक्रिया