घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


ग्लोब नेपाल
54
Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ७ सयले घटेको छ । मङ्गलबार प्रतितोला १ लाख ८८ हजार ८ सयमा कारोबार भएको पहेँलो धातु आज १ लाख ८८ हजार १ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला ५ ले घटेर १ हजार ९६५ कायम भएको छ । मङ्गलबार पनि सोही परिमाणको चाँदी १ हजार ९७० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ३ हजार ३ सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।