सवारी लाइसेन्सकाे अवधि पाँच वर्षबाट बढाएर दश वर्षकाे बनाउने !

सवारी लाइसेन्सकाे अवधि पाँच वर्षबाट बढाएर दश वर्षकाे बनाउने !


ग्लोब नेपाल
0
Shares


काठमाडौं । सरकारले सवारी लाइसेन्सकाे पाँच वर्षकाे अबधि बढाएर दश वर्षकाे बनाउने भएको छ । प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक पारित गरेर समायवधि बढाएकाे हाे ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लाइसेन्सको अवधि पाँच वर्ष छ ।

मंगलबार प्रतिनिधि सभाले पारित गरेको यो विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधि सभामा आएर सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागू हुनेछ ।