बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य


ग्लोब नेपाल
27
Shares

काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाल सुन तोलामा १ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज तोलामा ६ सय रुपैयाँले बढ्दै १ लाख ८४ हजार १ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।