आतंकवादविरुद्धको लडाइँमा हामीले भारतलाई साथ दिनुपर्छ : रामहरि खतिवडा

आतंकवादविरुद्धको लडाइँमा हामीले भारतलाई साथ दिनुपर्छ : रामहरि खतिवडा



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भारतले पाकिस्तानी आतंकवादको विरुद्ध थालेको लडाइँमा साथ दिनुपर्ने बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्ध, अमेरिकी राष्ट्रपतिको वर्तमान नीति र पाकिस्तानी आतंकवादविरुद्ध भारतको आक्रमणले नेपाललाई झन् जोखिममा पारेको बताए । उनले आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्ने बताए ।

उनले भने, ‘रुस–युक्रेन युद्ध, इजरायल–हमासको युद्ध, अमेरिकी राष्ट्रपतिको वर्तमान नीति, चीन–ताइवान एकीकरणको प्रयासको प्रभाव, भारतले पाकिस्तानी आतंकवादविरुद्ध गरेको युद्धजस्ता कुराले हामी झन् जोखिमयुक्त अवस्थामा छौँ भन्ने लागेको छ। यो समयको जटिलतालाई सामना गर्न सरकार तयार रहोस् भन्ने अनुरोध गर्न चाहन्छु। आतंकवादविरुद्धको लडाइँमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ भन्ने अनुरोध गर्न चाहन्छु।’