बागमती प्रदेशसभा अधिवेशन आह्वान

बागमती प्रदेशसभा अधिवेशन आह्वान



मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको १६ औँ अधिवेशन आह्वान गरेका छन् ।

बागमती प्रदेश मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार आगामी जेठ ५ गते बिहान ११ः०० बजे बैठक बस्नेगरी आइतबार उनले अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभा बैठक आह्वान गरेको प्रदेश प्रमुखको सचिवालयका शाखा अधिकृत निशा न्यौपानेले जानकारी दिए ।