काठमाडौं । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बुधबार (आज) पनि बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ मा प्रेम सुवालले दर्ता गरेको विरोधको सूचना निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यस्तै, राष्ट्रिय सभाको बैठक दिउँसो सवा एक बजे बस्नेछ। बैठकमा आगामी आर्थिक वर्ष २०८२र८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव वाहेक) सभामा छलफल हुने संसद सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।


प्रतिक्रिया