रौतहटको एउटा सिंगो गाउँ एमालेमा प्रवेश

रौतहटको एउटा सिंगो गाउँ एमालेमा प्रवेश


ग्लोब नेपाल
1.1k
Shares

रौतहट। पछिल्लो समय रौतहट स्थित नेकपा एमालेको संगठन बिस्तार हुँदै गएको छ। एमालेका नेताहरुको पहलमा नेकपा माओवादीका एकजना वडा प्रत्यासी सहित जिल्लाको सिंगो  गाउँबासी नै माओवादी पार्टी परित्याग गरी नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन्।

नेकपा एमाले गुजरा नगर कमिटी द्वारा आयोजित बृहत् पार्टी प्रबेश कार्यक्रम अन्तर्गत बुधवार गुजरा नगरपालिका ३ सीमरी स्थित वडा प्रत्याशी काजीमान माझी मावाेवादी पार्टी  परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्।

माओबादी नेता माझी संगै सिंगो सिमरी गाउँनै माओबादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन्। कार्यक्रमका प्रमुख अतिथी  नेकपा एमाले केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज अजय गुप्ता केन्द्रिय सदस्य  कुन्दन कुशवाहा लगायतले नवप्रवेशीलाई माला र टिका लगाएर  स्वागत गरेका थिए।

कार्यक्रममा भुमि आयोग केन्द्रीय सदस्य आरती भन्डारी, पुर्व राज्यमन्त्री प्रदेश सांसद केशव राय चौधरी, भुमी आयोग जिल्ला अध्यक्ष अखिलेश्वर चौधरी, जिल्ला कमिटि सद्स् एवम क्षेत्र ३ का क्षेत्रिय अध्यक्ष युवराज ज्ञवाली, मेयर प्रत्यक्षी शेख एक्रामुलसंगै एमालेका जिल्ला कमिटी  पदाधिकारी, नगर अध्यक्ष जयराम चाैधरीलगायतको उपस्थिति रहेको थियो। वडा प्रत्याशी माझी माओबादी सशस्त्र द्वन्दकाल देखिनै पार्टीमा क्रियाशील थिए।

माओबादी नेतृत्व जनचाहना अनुसार परिवर्तन हुन नसकेको कारण एमालेमा प्रवेश गरेको बताएका थिए। एमाले केन्द्रीय सदस्य तथा पूर्व प्रदेश सांसद कुन्दन कुशवाहा क्षेत्र ३ को पार्टी इन्चार्जको जिम्मेवारी पाएदेखि पार्टीको गतिबिधि तथा सक्रियता बढेको छ। करिब ४०० जनसंख्या रहेको सिमरी गाउँका तीनसयको हाराहारीमा मानिसहरू एमालेमा प्रवेश गरेका छन्।