काठमाडौं । टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एण्ड फ्रर्ड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा अनियमितता भएको औल्याउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
अख्तियारले ३ अर्ब २१ करोडभन्दा बढी बिगो माग गर्दै १८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । यो घोटाला पूर्वसूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतको कार्यकालमा भएको हो ।
मुद्दा परेपछि बस्नेत सांसद पदबाट निलम्बित भएका छन् ।
मुद्दा परेका व्यक्तिहरूको नाम
क) राजनीतिक र सरकारी अधिकारीहरू:
१.मोहनबहादुर बस्नेत – पूर्वसूचना तथा सञ्चारमन्त्री (सांसद पद निलम्बित)
२.दिगम्बर झा – तत्कालीन अध्यक्ष, नेपाल दुरसञ्चार प्राधिकरण
३.धनराज ज्ञवाली – तत्कालीन सदस्य, प्राधिकरण
४.टीकाप्रसाद उप्रेती – तत्कालीन सदस्य, प्राधिकरण
५.पुरुषोत्तम खनाल – तत्कालीन अध्यक्ष, प्राधिकरण
६.विजयकुमार राय – निर्देशक
७.रेवती राय पन्थ – उपनिर्देशक
८.सुरेश बस्नेत – उपनिर्देशक
९.हरिण्यप्रसाद वस्ताकोटी – उपनिर्देशक
१०.अच्युतानन्द मिश्र – उपनिर्देशक
११.सुरेन्द्रलाल हाडा – निर्देशक
१२.दीपेश आचार्य – निर्देशक
१३.सन्दिप अधिकारी – उपनिर्देशक
ख ) परामर्शदाता र कम्पनीहरू:
१४.तेजप्रसाद खरेल – निर्देशक, कनेक्शन ट्रेड लिंक
१५.भानराइज सोलुसन एसएएल – परामर्शदाता कम्पनी
१६.जमल अनौती – CEO, भानराइज सोलुसन
१७.कनेक्शन ट्रेड लिंक प्रालि – लोकल एजेन्ट कम्पनी
१८.दिलिप कुमार गुरुङ – अध्यक्ष, कनेक्शन ट्रेड लिंक
प्रतिक्रिया