दुर्गा प्रसाईलाई थप चार दिन हिरासतमा राख्ने

दुर्गा प्रसाईलाई थप चार दिन हिरासतमा राख्ने



काठमाडौं । काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

२०८१ चैत १५ गते तीनकुनेमा राजावादी प्रदर्शन भड्काएको र घटना घटाएको आरोपमा पक्राउ परेका उनलाई थप चार दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अदालतले प्रसाईंलाई राज्यविरुद्धको कसुरमा म्याद थप गरेको हो ।

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाई नेतृत्वको समूहले विध्वंस मच्चाउँदा २ जनाको ज्यान गएको थियो भने धेरै घर, प्रतिष्ठान, सवारी साधन लगायतको सम्पत्ति तोडफोड र आगजनी गरेको थियो।