काठमाडौं । रसुवा प्रहरीले बरामद गरेको सुन सात किलो ६५३ ग्राम रहेको खुलेको छ ।
बा ४ ख ६२०१ नम्बरको गाडी केरुङबाट काठमाडौं आउँदै गर्दा आइतबार दिउँसो साढे १ बजे प्रहरीले सुन बरामद गरेको थियो ।
उक्त सुनको ताैल सात किलो ६५३ ग्राम रहेको खुलेको हो । चीनको केरुङबाट नेपालमा आउँदै गरेको बा ४ ख ६२०१ नम्बरको स्याउ बोकेको कन्टेनरबाट उक्त परिमाणको सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
प्रहरीले चालकलाई नियन्त्रणमा लिएका छ । पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका(५ का २४ वर्षीय किशोर भुजेल रहेका छन् ।


प्रतिक्रिया