काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ को निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने स्पष्ट उद्देश्यसहित ‘मिशन ८४’ अघि सारेका छन्।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं महाधिवेशनमा बोल्दै प्रधानमन्त्री ओलीले समानुपातिक प्रणालीले बहुमत हासिल गर्न कठिन भए पनि एमालेका लागि त्यो सम्भव रहेको दाबी गरे।
उनले भने, “समानुपातिक प्रणालीमा प्रायः हङ पार्लियामेन्ट हुन्छ, तर यही प्रणालीबाट पनि हामी एकल बहुमत ल्याउन सक्छौं। यो चुनौतीपूर्ण छ, तर हामी त्यसकै तयारीमा जुटेका छौं।”
प्रधानमन्त्री ओलीका अनुसार एमालेले धेरै सिट जित्न सकेमा वर्तमान प्रणालीमै पनि बहुमतको सम्भावना बनाउनु कठिन छैन। उनले एकल बहुमत ल्याउने लक्ष्यलाई असम्भव नभई कष्टसाध्य तर हासिल गर्न मिल्ने बताए।
प्रतिक्रिया