काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगर प्रमुख बालेन्द्र साहप्रति संकेत गर्दै, पटक–पटक बोलाउँदा पनि सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुनेहरूलाई आगामी दिनमा निमन्त्रणा नदिन निर्देशन दिएका छन् ।
सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले नाम समावेश गरेर बोलाइए पनि उपस्थिति नजनाउने बालेन साहप्रति असन्तोष व्यक्त गर्दै भने, “कार्यक्रममा कहिल्यै आउँदैनन्, तर सधैं बोलाउने ? अब रेकर्ड हेरेर त्यसको नाम नराख्नु ।”
सरकारी कार्यक्रमहरूको महत्त्व बुझ्नुपर्ने उल्लेख गर्दै उनले संयन्त्रहरूलाई यस्ता अनुशासनहीनता दोहोरिन नदिन निर्देशन दिएका थिए ।
प्रतिक्रिया