काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभामा कर्णालीमाथि भइरहेको बेवास्तालाई लिएर कडा असन्तुष्टि जनाएका छन्।
हुम्लामा गएको हिमपहिरोपछि पीडितहरूको उद्धारमा ढिलासुस्ती भएको भन्दै उनले सरकारको आलोचना गरे। शाहीले भने, “मन्त्रीहरूका लागि सरकारी हेलिकप्टर सजिलै प्रयोग हुन्छ, तर कर्णालीमा जनताको ज्यान जाँदा पनि उद्धार गर्न हेलिकप्टर जान सक्दैन भने त्यो राज्यव्यवस्थाको उपहास हो।”
उनले कर्णाली क्षेत्रलाई हेपिएको महसुस भएको भन्दै भने, “यदि कर्णालीलाई हेपिएको हो भने राज्य व्यवस्था सार्नुस्, हामी कर्णाली चलाएर देखाउँछौं।”
साथै, शाहीले सगरमाथा संवादको सन्दर्भमा सरकारलाई कटाक्ष गर्दै जनताको ज्यान जोखिममा परेको बेला संवादका नाममा ‘नाटकबाजी’ नगर्न आग्रह गरे ।
प्रतिक्रिया