काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। दिल्लीमा हुने खेल नेपाली समयअनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ।
दुवै टोली प्लेअफको दौडबाट टाढा भइसकेका छन्। हालसम्म १३ खेल खेलेको राजस्थान ६ अङ्कसहित नवौं स्थानमा रहेको छ भने १२ खेलमा ६ अङ्कसहित चेन्नई तालिकाको अन्तिम स्थानमा छ।
हिजो सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्स हैदराबादसँग हार्दै प्रतियोगिताबाट बाहिरिएको छ। अब बाँकी दौडमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सको सम्भावना जीवित रहेको छ। यसअघि नै गुजरात, बैंगलोर र पन्जाब प्लेअफमा पुगिसकेका छन्।
प्रतिक्रिया