काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका र पर्सौनी गाउँपालिका जोड्ने बञ्जरीया क्षेत्रको पुल १३ वर्षदेखि अलपत्र अवस्थामा छ ।
एप्रोच मार्ग नबन्दा सञ्चालनमा आउन नसकेको उक्त पुलको अवस्था निरीक्षण गर्न सांसद किसान श्रेष्ठ मङ्गलबार स्थलगत अनुगमनमा पुगे ।
सांसद श्रेष्ठले पुल निर्माणमा ढिलाइ गर्ने ठेकेदारलाई दिनको अल्टिमेटम दिँदै भने, “१५ जेठभित्र काम नसके जिम्मेवारी ठेकेदारले लिनुपर्छ ।” उनले आवश्यक सामग्री (एक्साभेटर, टिपर) तुरुन्तै साइटमा ल्याउन निर्देशन दिएका छन् ।
निर्वाचनताका जनताको मागअनुसार पुल बनाउने प्रतिबद्धता जनाएका सांसद श्रेष्ठले अहिले पनि उक्त काम अधुरै रहेको भन्दै चासो व्यक्त गरे । उनले काममा ढिलासुस्ती गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने भन्दै सम्बन्धित निकायसँग समन्वय गरेर काम तत्काल थाल्न निर्देशन दिएका हुन् ।
प्रतिक्रिया