काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरूविरुद्धको अनुसन्धान प्रक्रिया टुंगोमा पुगेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले करिब दुई महिनासम्मको अनुसन्धानपछि प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरिएको छ।
अनुसन्धानमा १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने सुझावसहित मुद्दा सिफारिस गरिएको छ। उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराधजस्ता कसुरहरूमा कारबाही सिफारिस गरिएको प्रहरीले जनाएको छ।
संबन्धित प्रतिवेदन आज वा भोलिसम्म सरकारी वकिल कार्यालयमा बुझाइने तयारी भइरहेको छ। बाँकी कानुनी प्रक्रिया सरकारी वकिल कार्यालयको निर्णय अनुसार अघि बढ्नेछ।
पक्राउ परेकामध्ये केही व्यक्तिलाई हाजिरी जमानीमा राखेर अनुसन्धान गरिएको थियो भने १८ जना अझै फरार छन्। मुद्दा दर्ताका लागि १५ जेठभित्र अदालतमा बुझाइसक्नुपर्ने कानुनी बाध्यता रहेकाले प्रक्रिया तीव्र बनाइएको जनाइएको छ।
प्रतिक्रिया