काठमाडौं । भारतको छत्तीसगढमा सुरक्षा बलसँगको भीडन्तमा परेर भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव तथा शीर्ष माओवादी नेता नम्बाला केशव राव उर्फ बसवराजू मारिएका छन् ।
भारतीय गृहमन्त्री अमित शाहले एक्समार्फत जानकारी दिँदै छत्तीसगढको नारायणपुर जिल्लामा सञ्चालन गरिएको सुरक्षाको अपरेशन ‘ब्ल्याक फरेस्ट’ अन्तर्गत बसवराजूसहित २७ जना माओवादी मारिएको पुष्टि गरेका हुन् ।
शाहका अनुसार उक्त कारबाहीपछि छत्तीसगढ, तेलङ्गाना र महाराष्ट्रमा ५४ जना पक्राउ परेका छन् भने ८४ जनाले आत्मसमर्पण गरेका छन् ।
हिजो नारायणपुर, बीजापुर र दन्तेवाडा जिल्लामा भएका भीडन्तहरूमा ठूलो संख्यामा माओवादी मारिएका छन् । छत्तीसगढ प्रहरीले यस अपरेशनलाई ऐतिहासिक विजयको रूपमा चित्रण गरेको छ ।
यस कारबाहीमा जिल्ला रिजर्भ गार्ड्स (डीआरजी) का एक जवानको पनि ज्यान गएको बताइएको छ ।
सरकारी तथ्याङ्कअनुसार २०२५ मा हालसम्म १८० भन्दा बढी माओवादी मारिएका छन् ।
प्रतिक्रिया