काठमाडौं । रास्वपाले आफ्नो निर्वाचन क्षेत्र समिति अन्तर्गतका एक पदाधिकारीलाई निलम्बन गरेको छ ।
पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा उनलाई सोमबारको निर्णयले तीन दिनका लागि निलम्बन गरेको हो ।
उनले बिना अनुमति केन्द्रीय नेतासँगको भेटका क्रममा मोबाइलमार्फत गोप्य रूपमा भिडियो रेकर्ड गरेको पाइएको छ ।
ती पदाधिकारीमाथि अनुशासनात्मक कारबाहीस्वरूप अस्थायी निलम्बन गरिएको बताइएको छ । पार्टीले ती पदाधिकारीको नाम सार्वजनिक नगरी गोप्य राखेको छ ।


प्रतिक्रिया