काठमाडौं । मुगुको सोरु गाउँपालिकामा सडक निर्माणको योजनामा अनियमितता गरिएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसहित ११ जनाविरुद्ध २३ लाख २२ हजार ८३२ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आयोगका अनुसार मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत वडा नं. १० मा रहेको शहीदगेट–कोट सडक योजनामा उपभोक्ता समिति गठन नहुँदै कार्यादेश दिइएको, नापजाँच नगरी काम बढी भएको देखाई मूल्याङ्कन प्रतिवेदन तयार गरिएको र सोही आधारमा अधिक रकम भुक्तानी गरिएको पाइएको हो ।
मुद्दामा इन्जिनियर, लेखापाल, योजना प्रमुख, उपभोक्ता समिति अध्यक्ष, सचिव, कोषाध्यक्षलगायतका कर्मचारी र जनप्रतिनिधि संलग्न रहेका छन् । भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवानाको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।


प्रतिक्रिया