अमेरिकाको सान डिएगो आवासीय क्षेत्रमा विमान दुर्घटना हुँदा कम्तिमा २ जनाको ज्यान गएको छ । विमान दुर्घटनामा आठ जना घाइते भएका छन् भने १५ वटा भन्दा धेरै घर तथा गाडीमा क्षति पुगेको छ । विमान केही घरहरूसँग ठोक्किएको थियो, जसका कारण घरहरूमा समेत आगो लागेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार घटनास्थल आसपासका ठूलो सङ्ख्यामा रहेका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ । प्राप्त विवरण अनुसार जहाज खसेपछि घटनास्थलमा राखिएका गाडीहरूमा पनि आगो लागेको थियो ।
दुर्घटनाग्रस्त विमानमा प्रख्यात सङ्गीतकर्मी डेभ शापिरो पनि रहेका उनको प्रतिभा कम्पनीले जनाएको छ । उनको सम ४१, स्टोरी अफ द इयर र पियर्स द भेल जस्ता ब्यान्डहरू प्रख्यात छन् । स्थानीय समय अनुसार बिहिवार बिहान पौने ४ बजे विमान दुर्घटना भएको समाचारमा उल्लेख छ ।
सान डिएगोमा आठदेखि दश जना सम्म अटाउने सानो विमान दुर्घटना भएको दमकल सेवाका सहायक प्रमुख ड्यान एडीले बताएका छन । घटनाबारे अनुसन्धान भइहेको छ । दुर्घटनाको मुख्य कारण खराब मौसम भएको बताइएको छ ।
प्रतिक्रिया