काठमाडौं । सरकारले वृद्धभत्ता पाउने न्यूनतम उमेर ७० वर्ष पुर्याउने निर्णय गरेको छ। साथै, भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ।
पूर्वसचिव रामेश्वर खनालको नेतृत्वमा तयार भएको उच्चस्तरीय आर्थिक सुधार आयोगको सिफारिसमा आधारित कार्ययोजनालाई वैशाख पहिलो साता मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो। आयोगको प्रतिवेदन कार्यान्वयन गर्न तयार पारिएको ४०८ बुँदे कार्ययोजनामा उमेर हद समायोजन र परिचयपत्र सम्बन्धी व्यवस्था उल्लेख छ।
हाल सरकारले ६८ वर्ष पुगेका नागरिकलाई मासिक ४,००० रुपैयाँ भत्ता दिँदै आएको छ। तर, नयाँ कार्ययोजनाअनुसार यो सुविधा अब ७० वर्ष पुगेपछि मात्र उपलब्ध हुनेछ।
कार्ययोजनामा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई पनि विस्तार गर्ने उल्लेख गरिएको छ।


प्रतिक्रिया