माओवादी ०६४ को शैलीमा अब सफल हुन सक्दैन : प्रधानमन्त्री ओली

माओवादी ०६४ को शैलीमा अब सफल हुन सक्दैन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रले २०६४ सालमा आतंक र डर सिर्जना गरेर चुनाव जितेको आरोप लगाउँदै अब त्यसरी ठूलो बन्न नसक्ने दाबी गरेका छन्।

एमालेद्वारा आयोजित बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले माओवादीको त्यतिबेलाको जित लडाकू क्याम्प, मार्चपास र जनतामा त्रास फैलाउने रणनीतिको परिणाम भएको बताए।

“जनतालाई तर्साएर लुटपाट र आतंकको राजनीतिबाट माओवादी पहिलो पार्टी बनेको थियो। अहिले त्यस्तो परिस्थिति छैन, न त्यस्तो वातावरण फर्कन्छ,” ओलीले भने।

उनले माओवादी फेरि २०६४ सालको जस्तो परिणाम ल्याउने सपना देखे पनि त्यो सम्भव नरहेको टिप्पणी गरे।