काठमाडौं । गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध भएपछि नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्तारूढ दलहरूसँग समन्वय गर्ने प्रयास सुरु भएको छ।
यसै सन्दर्भमा कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखक आज बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न पुगेका छन्।
हालैको भिजिट भिसा प्रकरणका कारण गृहमन्त्रीमाथि विपक्षीहरूको तीव्र आलोचना भइरहेका बेला देउवा र लेखकबीच प्रधानमन्त्रीसँग संसद सञ्चालनको विषयमा संवाद भइरहेको हो।
हिजो विपक्षी दलहरूले मन्त्री लेखकले राजीनामा नदिएसम्म संसद चल्न नदिने भन्दै स्पष्ट अडान लिएका थिए। यस्तो अवस्थामा सरकारले भोलि बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले आजको छलफल विशेष महत्वको मानिएको छ।
प्रतिक्रिया