काठमाडौं । भिजिट भिसा सम्बन्धी विवाद संसदमा चर्किंदै जाँदा गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको आरोप लगाउँदै विपक्षी दलका सांसदहरूले उनको राजीनामाको मागसहित संसद्को बैठक अवरुद्ध गरिरहेका छन्। गृहमन्त्रीले प्रतिनिधिसभामा आफूलाई बोल्न समय मागेपनि, अवरोधका कारण बोल्न नपाएको जनाइएको छ।
आफूमाथि लागेका आरोपको खण्डन गर्न र सार्वजनिक रूपमा स्पष्ट पार्न मन्त्री लेखकले पत्रकार सम्मेलन गर्ने निर्णय गरेका हुन्।


प्रतिक्रिया