चेल्सी र रियल बेटिसबीच कन्फरेन्स लिगको फाइनल आज राति

चेल्सी र रियल बेटिसबीच कन्फरेन्स लिगको फाइनल आज राति



काठमाडौं । युरोपेली फुटबलको तेस्रो ठूलो प्रतियोगिता युएएफए कन्फरेन्स लिगको उपाधिका लागि चेल्सी र रियल बेटिसबीच आज राति ठुलो भिडन्त हुँदैछ।

नेपाल समय अनुसार राति १२:४५ बजे, पोल्यान्डको टारचिन्स्की एरिनामा हुने फाइनलमा दुबै टोली जितका लागि होमिएका छन्।

चेल्सीका प्रशिक्षक एन्जो मारेस्काले यो उपाधिलाई ऐतिहासिक अवसर भनेका छन्। जिते चेल्सी युरोपका चारवटा मुख्य क्लब उपाधि जित्ने पहिलो क्लब बन्नेछ।

यता रियल बेटिस पनि उत्कृष्ट फर्ममा छ। समर्थकहरूमा चर्को उत्साह छ र खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।