एमालेको ‘म झोले हो’ अभियान

एमालेको ‘म झोले हो’ अभियान



काठमाडाैं । सत्तारुढ नेकपा एमालेले ‘#मझोले हो’ सामाजिक सञ्जाल अभियान सुरु गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले म नेकपा एमालेको झोले हुँ, म जनताको झोले हुँ भन्ने अभिव्यक्तिपछि यो अभियान सुरु भएको हो।

ओलीले सोमबार फेसबुकमा ‘म झोले हो’ लेखिएको पोष्टर सार्वजनिक गर्दै लेखेका छन्, सामूहिकतामा विश्वास गर्नेहरूलाई झोले भनेर लखेटिन्छ। भीडसँग बल हुन सक्छ, तर सत्य नहुन सक्छ।

यसअघि शनिबार नेपाल बुद्धिजीवी परिषद्को कार्यक्रममा ओलीले आफूलाई झोले भन्नमा गर्व हुने बताएका थिए। उनको यस अभिव्यक्तिपछि पार्टीका शीर्ष नेतादेखि कार्यकर्तासम्मले सामाजिक सञ्जालमा यो अभियानलाई सक्रिय रूपमा प्रवर्द्धन गर्दै छन्।

सामान्यतया व्यंग्यका रूपमा प्रयोग हुने ‘झोले’ शब्दलाई एमालेले सकारात्मक अर्थ दिन खोजेको देखिन्छ। पार्टीका नेताहरूले आफूलाई विकासको झोला बोक्नेु र राष्ट्रको इज्जत जोगाउने झोलेु का रूपमा प्रस्तुत गर्दै छन्।