उपत्यकामा आज पनि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

उपत्यकामा आज पनि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा



काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरुको सहजताका लागि सशस्त्र प्रहरी बल नेपालले मङ्गलबार पनि दुई वटा बस सञ्चालन गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने एउटा बस स्वायम्भु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म सञ्चानल हुनेछ भने अर्को बस स्वयम्भु, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ ।

सशस्त्रका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले सवारी साधन बन्दका कारण सर्वसाधारण नागरिकहरुलाई गन्तव्य सम्म पुयाउनका लागि सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा सञ्चालन गरेको जानकारी दिए ।