महानगर प्रहरी प्रमुखको जिम्मेवारी विष्णु जोशीलाई

महानगर प्रहरी प्रमुखको जिम्मेवारी विष्णु जोशीलाई



काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक (एसपी)विष्णु प्रसाद जोशीलाई दिइएको छ ।

राजु पाण्डे ६ महिनाको लागि निलम्बनमा परेपछि प्रमुख प्रशासकीय अधिकृतले जोशीलाई सो जिम्मेवारी दिएका हुन् ।

उनलाई अर्को व्यवस्था नभएसम्म महानगर प्रहरी बल प्रमुखको रूपमा कामकाज गर्न पत्र दिइएको छ ।