ट्रम्पले ल्याएको विधेयकको कडा आलोचनामा उत्रिए मस्क

ट्रम्पले ल्याएको विधेयकको कडा आलोचनामा उत्रिए मस्क


ग्लोब नेपाल
0
Shares

अर्बपति एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्च विधेयकको कडा आलोचना गरेका छन् । उनले यसलाई ‘घृणित’ भात भनेका छैनन् संसदमा यस विधेयकमा मतदान गर्ने सांसदहरुलाई पनि निशाना बनाएका छन् ।

यो कानून केहि दिन अघि अमेरिकी संसदको तल्लो सदनमा पारित भएको थियो । यस कानूनमा धेरै ट्रिलियन डलरको कर छुट, बढेको रक्षा खर्च र अमेरिकी सरकारलाई थप ऋण लिन अनुमति समावेश छ ।

मस्कले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै यसको पक्षमा मतदान गर्ने मानिसहरूलाई लाज लाग्नु पर्ने टिप्पणी गरेका छन् ।ट्रम्प प्रशासनको सरकारी दक्षता विभागमा १२९ दिन काम गरेपछि गत हप्ता छोडेका मस्कको अहिले ट्रम्पसँग दूरी बढेको विश्वास गरिएको छ ।

सरकार छोडेपछि मस्कको पहिलो सार्वजनिक टिप्पणीले उनी ट्रम्प प्रशासनको काम गर्ने शैली र निर्णयबाट खुशी छैनन् भन्ने देखाउछ ।मस्कले यो कानुनले पहिले नै ठूलो रहेको अमेरिकी बजेट घाटालाई अझ बढाउने र अमेरिकी नागरिकहरूमा दिगो ऋणको भार थप्ने बताएका छन् ।