न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्क आमने सामने भएका छन् । राष्ट्रपति चुनावमा एक साथ आएका मस्क र ट्रम्पबीचको टकराव सार्बजनिक रुपमा बाहिर आएपछि अमेरिकी राजनीतिमा ठुलो हलचल आएको छ ।
बिहीबार राति सामाजिक सञ्जालमा ट्रम्प र मस्कबीच चर्को बहस तथा आरोप प्रत्यारोप देखिएको छ । राष्ट्रपति ट्रम्पले विद्युतीय सवारी साधनको अनिवार्य खरिदको कानून हटाउने कुरा गरेपछि मस्कलाई समस्या हुन थालेको बताउदै मस्कसँग आफु धेरै निराश भएको बताए । राष्ट्रपति ट्रम्पले आफुले मस्कलाई धेरै मद्दत गरेको बताए ।
ट्रम्पले जर्मन चान्सलर फ्रेडरिक मेर्ट्जसहित मिडियासँग कुरा गर्दै यस्तो बताएका थिए । यसपछि, मस्कले एक्समा लगातार धेरै ट्वीटहरू गरे, उनले ट्रम्पलाई बैगुनी भन्दै आफुले सहयोग नगरेको भए ट्रम्पले चुनाव हार्ने बताए । मस्कले लेखे- ;म बिना ट्रम्प चुनाव हार्थे । डेमोक्र्याटहरूले प्रतिनिधि सभा कब्जा गर्ने थिए र रिपब्लिकनहरूले ५१-४९ को अन्तरले सिनेट जित्ने थिए ।
यो वैगुनीपन हो ।’ मस्कले अर्को ट्वीटमा लेखे- ‘सरकारले विद्युतीय सवारी साधन र सौर्य ऊर्जाको लागि छुट घटायो, तर तेल-ग्यास कम्पनीहरूलाई दिइने सहायता उस्तै रहन दियो, जुन धेरै गलत छ ।’यसपछि ट्रम्पले मस्कको कम्पनी स्पेस एक्सलाई दिइएको अनुदान समाप्त गर्ने धम्की दिए ।
मस्कपछि, ट्रम्पले पनि आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलबाट मस्क;ए आफुलाई निशाना बनाएको उल्लेख गर्दै उनको कम्पनि स्पेस एक्सलाई दिएको सरकारी सम्झौता र अनुदान समाप्त गर्ने धम्की दिए यसपछि ट्रम्पले मस्कको कम्पनी स्पेस एक्सलाई दिइएको अनुदान समाप्त गर्ने धम्की दिए ।ट्रम्पले लेखे- एलन मेरो लागि समस्या बन्दै थिए । मैले उनलाई छोड्न भने ।
मैले उनको विद्युतीय सवारी साधनको कानुन समाप्त गरें, जसले मानिसहरूलाई कसैले नचाहेको विद्युतीय कारहरू किन्न बाध्य पार्थ्यो । उनलाई महिनौंदेखि थाहा थियो कि म यो गर्नेछु, त्यसपछि उनी पागल भए !’अर्को पोस्टमा, ट्रम्पले भने- ‘हाम्रो बजेटमा अर्बौं डलर बचत गर्ने सबैभन्दा सजिलो तरिका भनेको मस्कको सरकारी अनुदान र सम्झौताहरू समाप्त गर्नु हो । म सधैं सोच्थे किन बाइडेनले यसो यो गरेनन् भनेर ।’
अनुदान समाप्त गर्ने धम्कीको बारेमा, मस्कले भने- मेरो सरकारी सम्झौता रद्द गर्ने राष्ट्रपतिको भनाइलाई ध्यानमा राख्दै, स्पेसएक्सले तुरुन्तै आफ्नो ड्र्यागन अन्तरिक्ष यान बन्द गर्ने काम गर्नेछ ।’नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा खाना, वैज्ञानिक उपकरण र अन्य आवश्यक सामग्रीहरू पुर्याउन स्पेस एक्सको ड्र्यागन अन्तरिक्ष यान प्रयोग गर्दछ ।
ड्र्यागन २०१२ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसँग सफलतापूर्वक डक गर्ने पहिलो निजी अन्तरिक्ष यान हो ।मस्क यति मै रोकिएनन्, मस्कले जेफ्री एपस्टाइनको फाइलमा डोनाल्ड ट्रम्पको नाम समावेश भएको सनसनीपूर्ण दाबी गरे । मस्कले लेखे- अब ठूलो खुलासा गर्ने समय आएको छ । डोनाल्ड ट्रम्पको नाम एपस्टाइन फाइलमा छ । त्यसैले तिनीहरूलाई सार्वजनिक गरिएको थिएन । डोनाल्ड ट्रम्प, शुभ दिन ।’
प्रतिक्रिया