अमेरिकामा नेपालीको टिपीएस सुविधा खारेज हुने

अमेरिकामा नेपालीको टिपीएस सुविधा खारेज हुने

२० औं हजार परिवारको अमेरिकी सपना अन्यौलमा



काठमाडौं । अमेरिकाले सन् २०१५ को महाविनाशकारी भूकम्पपछि त्यहाँ रहेका नेपालीहरुलाई दिई आएको अस्थायी सुरक्षा सेवा (टिपीएस) खारेज गर्ने भएको छ । अमेरिकी गृह मन्त्रालयले बिहीवार एक विज्ञप्ति मार्फत् नेपालीको टिपिएस सुविधा आगामी अगष्ट ५ तारिखदेखि खारेज हुने जनाएको छ ।

अमेरिकी गृह प्रशासनले दश वर्षदेखि नवीकरण गरेर दिंदै आएको यो सुविधा खारेज हुनेभएपछि टिपीएस सुविधा लिएर बसेका हजारौं नेपालीहरुको कानुनी हैसियत समेत समाप्त हुने भएको छ । यो सँगै अमेरिकी सरकारले देश छोड़न वा अन्य विकल्पमा जान समेत टिपीएस बाहकहरुलाई ध्यानाकर्षण गरेको छ ।

हाल अमेरिकामा सात हजारभन्दा बढी नेपालीहरु यो आरक्षणको सुविधा लिएर बसेको अनुमान छ । यी सात हजार नेपालीसँग जोडिएको परिवारको गणना गर्दा टिपीएस खारेजीले २० हजारभन्दा बढी नेपालीहरुको अमेरिकी सपना पनि सकिने भएको छ ।

यसका लागि उनीहरूलाई आधिकारिक एपमार्फत स्वयं निर्वासन प्रक्रिया थाल्न सुझाव दिइएको छ । अमेरिकी विदेश विभागले नेपाललाई हाल ‘यात्रा सतर्कता स्तर २’ मा राखेको छ, जुन देशको राजनीतिक अस्थिरता तथा सम्भावित हिंसाका कारण हो ।