भर्जिनिया । अमेरिकामा ४ जना नेपाली मृत अवस्थामा फेला परेका छन् । भर्जिनियाको मनासस पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
२ वर्षीय बालक, ८ वर्षीया बालिका, ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठ गोली लागेर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलबाट एउटा बन्दुक बरामद भएको छ।
छिमेकीहरूका अनुसार सो परिवार करिब छ महिनाअघि नेपालबाट पुगेको थियो । चारै जनाको गोली लागेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। मानासास पार्क प्रहरीले हत्या वा आत्महत्या को विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया