काठमाडौंमा अनेरास्ववियुको २४औं महाधिवेशन सुरु, उद्घाटन प्रधानमन्त्री ओलीबाट

काठमाडौंमा अनेरास्ववियुको २४औं महाधिवेशन सुरु, उद्घाटन प्रधानमन्त्री ओलीबाट



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं महाधिवेशन आज काठमाडौंमा सुरु हुँदैछ।

उद्घाटन कार्यक्रम त्रिभुवन विश्वविद्यालय परिसरमा आयोजना गरिँदैछ, जहाँ प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको औपचारिक शुभारम्भ गर्नेछन्।

महाधिवेशनले संगठनको भावी नीति तथा कार्यक्रमहरू तय गर्नुका साथै नयाँ नेतृत्व चयन गर्नेछ। यो महाधिवेशनबाट पहिलोपटक ३२ वर्ष उमेर सीमा लागू गरिँदैछ।

एमाले अध्यक्ष ओलीले नेतृत्व चयन प्रक्रियामा सहमति खोज्न र उम्मेदवारको संख्या घटाउन निर्देशन दिएका छन्। सोहीअनुसार जनसंगठन समन्वय संयन्त्रले सहमतिको पहल जारी राखेको जनाइएको छ।