लस एन्जलसमा भड्किएको हिंसा ३ दिनसम्म आएन नियन्त्रणमा

लस एन्जलसमा भड्किएको हिंसा ३ दिनसम्म आएन नियन्त्रणमा


ग्लोब नेपाल
27
Shares

लस एन्जलस । लस एन्जलसमा फेरि प्रदर्शन भड्किएको छ । अमेरिकन अध्यागमन बिभागले गरिरहेको छापाको बिरूद्ध प्रदर्शनकारीहरूले तेस्रो दिन पनि प्रदर्शन गरिरहेका छन् ।

सो प्रदर्शनमा दर्जनौं सवारी साधानहरू तोडफोड भएका छन् भने प्रदर्शनकारीले सडक अबरोध गरिरहेका छन् ।

उता, सबन्धित राज्यको अनुमति बिना नै राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा तैनाथ गरेका नेशनल गार्ड एकाइहरूले प्रदर्शनकारीहरूमाथि जबरजस्ती  अश्रु ग्यास प्रयोग गराएका छन् भने दर्जनौं प्रदर्शनकारी पक्राउ परेका छन् ।

राष्ट्रपति ट्रम्पले नेशनल गार्ड पठाउने आफ्नो कदमको बचाउ गर्दै भने क्यार्लिफोनिया र लस एन्जलसमा कानून र व्यवस्था छ भनेर सुनिश्चित गरिने दावी गरेका छन् ।

क्यालिफोर्नियाका गभर्नरले राष्ट्रपति ट्रम्पलाई सेना परिचालन रद्द गर्न आग्रह गरेका छन् । जसलाई अन्य डेमोक्रेटिक गभर्नरहरूले शक्तिको डरलाग्दो दुरुपयोग भनेर टिप्पणी गरेका छन् ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजमले भने लस एन्जलस काउन्टीमा गैरकानूनी सेना तैनाथ गर्न र आफ्नो आदेशमा फिर्ता गर्न ट्रम्प प्रशासनलाई औपचारिक रूपमा अनुरोध गरेका छन्। सामाजिक सञ्जाल एक्सको एक पोष्टमा डेमोक्र्याटिक गभर्नर भन्छन्, ‘नेशनल गार्ड खटाउने ट्रम्पको यो कदम राज्यको सार्वभौमसत्ताको गम्भीर उल्लङ्घन हो, यसले तनाव फैलाउने काम भएको छ ।’

शुक्रबारदेखि सुरु भएको विरोध प्रदर्शनले निकै हिंसात्मक रुप लिइरहेको छ । सो क्रममा दर्जनौं पक्राउ परेका छन् र प्रहरी अधिकारीहरूसमेत घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।