काठमाडौं । सान्भि ईनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँट सम्पन्न भएको छ। आज सोमबार दिउँसो ३ बजे बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङको कार्यालयमा बाँडफाँट गरिएको हो।
गोलाप्रथामार्फत २ लाख ४१ हजार ५३० जना आवेदकले १० कित्ता दरले सेयर प्राप्त गरेका छन्। कम्पनीले जेठ ९ देखि १३ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्काशन गरेको थियो, जसको कुल मूल्य २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबर थियो।
उक्त आईपीओमा अन्तिम दिनसम्म २० लाख ४३ हजार २४९ जनाले आवेदन दिएका थिए, जसअन्तर्गत कुल २ करोड २३ लाख ९१ हजार ८२० कित्ता सेयरका लागि माग परेको थियो। यस्ता आवेदकमध्ये ३ हजार ६७४ जनाको आवेदन प्रक्रिया त्रुटिका कारण रद्द गरिएको छ। बाँकी २० लाख ३९ हजार ५७५ योग्य आवेदकमध्येबाट लक्की ड्र (गोलाप्रथा) मार्फत सेयर वितरण गरिएको हो।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् : https://iporesult.cdsc.com.np/
प्रतिक्रिया