भेरी नदीमा हराएकी आशाको पनि शव भेटियो

भेरी नदीमा हराएकी आशाको पनि शव भेटियो


ग्लोब नेपाल
27
Shares

जाजरकोट । ठूली भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकी १२ वर्षीया आशा कुसारीको शव भेटिएको छ । सोमबार साँझ ६ बजेतिर कुसारीलाई मृत अवस्थामा भेटिएको जाजरकोटका प्रहरी निरीक्षक सन्तोष चन्दले बताए ।

नलगाड नगरपालिका–८ की १६ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको यसअघि नै फेला परेको थियो । पौडी खेल्ने क्रममा भाई महेश नदीमा डुबेपछि जोगाउन खोज्दा आशालाई पनि बगाएको थियो ।

शुक्रबार विद्यालयबाट घर फर्किंदै गर्दा उनीहरु पौडी खेल्न नदीमा पसेका थिए ।