माओवादी पहिलो पार्टी बनाउने तयारीमा

माओवादी पहिलो पार्टी बनाउने तयारीमा



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान जनसंगठनलाई पुनः सक्रिय पार्ने रणनीति अघि बढाएको बताएका छन्।

खुमलटारमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै दाहालले विगतका कमजोरी सच्याउँदै जनतासँग नयाँ ढंगले जोडिने प्रयास सुरु गरिएको जानकारी दिए। उनका अनुसार यो अभियानले देशभर माओवादी पक्षमा सकारात्मक माहोल सिर्जना गरिरहेको छ।

विशेष योजनाअन्तर्गत सुरु गरिएको अभियानमा झण्डै १० हजार व्यक्तिको पार्टी प्रवेश भइसकेको दाबी गर्दै उनले पार्टीलाई आगामी निर्वाचनमा प्रमुख शक्ति बनाउने लक्ष्य रहेको बताए।

यसै क्रममा उनले नेकपा (एकीकृत समाजवादी) का नेता माधवकुमार नेपाल र नेकपा (विप्लव समूह) सँग पार्टी एकताका सम्भावनाबारे संवाद भइरहेका कुराको पनि खुलासा गरे।