काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोट रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्णबहादुर शाहीविरूद्ध भष्टाचार मुद्दा दर्ता गरेको छ ।
भेरी नगरपालिका वडा नम्बर १० स्थित रहेको सामुदायिक वनका तत्कालीन अध्यक्ष कर्णविरूद्ध ६ लाख ३६ हजार ४७ रूपैयाँ हिनामिना गरेको भन्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
उनले २०७८ चैत २० गतेका दिन वन उपभोक्ता समूहको नेपाल बैंक लिमिटेड शाखा जाजरकोटबाट ७ लाख रूपैयाँ झिक्न लगाएका थिए। त्यसमध्ये ६३ हजार ९५३ रूपैयाँ कानुनी प्रावधान अनुसार खर्च गरे ।
बाँकी रकम अध्यक्ष शाहीले कृषि विकास बैंक लिमिटेडको १४ वटा शाखाबाट नक्कसी भौचर बनाएर खर्च विवरण पेस गरेको देखिएपछि मुद्दा चलाइएको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
उनका अनुसार अध्यक्षशाहीले नक्कली बिल तयार पारी सामुदायिक वन उपभोक्तामाबाट गैरकानुनी लाभ लिएको देखियो । उनले हिनामिना गरेवापतको रकम कसूर बिगो कायम गरी कारवाहीको माग गरिएको छ ।
त्यस्तै, सार्वजनिक संस्था बैंकले नक्कली विल भरपाइ तयार पारेको, किर्ते छाप दस्तखत गरी गलत लिखित तयार पारेको हुँदा उनीहरूमाथि समेत कानुनी कारवाहीको माग गरिएको उनले बताए ।
प्रतिक्रिया