काठमाडौं । न्याय परिषद्ले चार जना उच्च अदालतका न्यायाधीशलाई मुख्य न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
शुक्रबार बिहान बसेको न्याय परिषद् बैठकले उच्च अदालतका न्यायाधीशहरू राजनप्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेन्द्र तिवारीलाई मुख्य न्यायाधीशका लागि सिफारिस गरेको हो ।
भट्टराई हाल उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा कार्यरत रहेकोमा उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा सिफारिस भएका छन् ।
कुँवर हाल उच्च अदालत पाटनमा कार्यरत न्यायाधीशलाई त्यहीँ उच्च अदालत पाटनकै मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ ।
भण्डारी हाल उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगामामा रही काजमा तुलसीपुर इजलासमा रहेकोमा उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ ।
यसैगरी तिवारी हाल उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा कार्यरत रहेकोमा उच्च अदालत तुलसीपुरकै मुख्य न्यायाधीशमा नियुक्त गरिएको हो ।


प्रतिक्रिया