धवल र मिश्र अदालतमा अनुपस्थित, पक्राउ पुर्जीको तयारी

धवल र मिश्र अदालतमा अनुपस्थित, पक्राउ पुर्जीको तयारी



काठमाडौं । अदालतमा हाजिर नभएका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई प्रहरीले पुनः पक्राउ गर्न प्रक्रिया सुरु गरेको छ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार, बिहीबार नै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी हुने प्रक्रिया अघि बढाइएको हो।

गत चैत १५ गते तीनकुनेमा आयोजित राजसंस्थाप्रतिको प्रदर्शनका क्रममा हिंसा भड्किएको आरोपमा मिश्र र राणालाई पहिले पनि पक्राउ गरिएको थियो। त्यसपछि उनीहरू हाजिरी जमानीमा छुटेका थिए।

जिल्ला प्रहरी परिसर, काठमाडौका प्रवक्ता एसपी अपीलराज बोहराले अनुसन्धानको क्रममा अदालतमा उपस्थिति नदेखिएपछि खोजी प्रक्रिया सुरु गरिएको जानकारी दिएका छन्। उनले मिश्र र राणालाई प्रहरी कार्यालयमा उपस्थित गराउन पहल भइरहेको पनि बताए।