माधव नेपालकाे सांसद पद निलम्बन भएकाे सदनलाई जानकारी

माधव नेपालकाे सांसद पद निलम्बन भएकाे सदनलाई जानकारी



काठमाडौं । सभामुख देवराज घिमिरेले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपालकाे सांसद पद निलम्बन भएकाेबारे सदनलाई जानकारी गराएका छन् ।

आजकाे प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले अध्यक्ष नेपालकाे सांसद पद निलम्बन भएकाे सूचना पढेर सुनाएका हुन् ।

पतञ्जलीकाे जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले माधव नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ र भ्रष्टाचार निवारण ऐन २०५९ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान रहेको छ ।