काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) को बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले २०८२ जेठ १४ गतेदेखि २० गतेसम्म सार्वजनिक निष्कासनमार्फत रु। ३२.९६ करोड बराबरका ३२,९६,५०५.१९ कित्ता शेयर सार्वजनिक गरेको थियो।
नेपाली नागरिकका लागि खुला गरिएको यस निष्कासनमा कुल २०,७४,२८५ जनाले आवेदन दिएका थिए, जसअनुसार २ करोड ४१ लाख कित्ता शेयर माग गरिएको थियो। यो कुल माग कम्पनीले निष्कासन गरेको संख्याभन्दा ७.३१ गुणा बढी हो।
१४,८९७ वटा आवेदन रद्द गरिएका छन् भने बाँडफाँट मड्युलअनुसार ३,२९,६५० जना भाग्यशालीले १०\१० कित्ता शेयर प्राप्त गरेका छन्।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् : https://iporesult.cdsc.com.np/


प्रतिक्रिया